दफा १९क
उपचारको अवस्थामा रहेकोमा कारवाही नहुने
: (१) दफा १४ को उपदफा (१) को खण्ड (क) र (घ) मा जुनसुकै कुरा लेखिएको भएतापनि लागू औषधको दुव्र्यसनको उपचार तथा पुनस्र्थापनको लागि नेपाल सरकारबाट स्थापना भएको वा नेपाल सरकारबाट मान्यता प्राप्त कुनै उपचार तथा पुनस्र्थापन केन्द्रमा उपचारको अवस्थामा रहेको लागू औषध सेवन गर्ने व्यक्ति यस ऐन बमोजिम सजायको भागी हुने छैन ।
(२) उपदफा (१) मा उल्लेख भएका केन्द्रहरुमा उपचार गराई रहेका व्यक्तिहरुको सम्बन्धमा सम्बन्धित अधिकारीले नेपाल सरकारले तोकेको ढाँचामा उपचार सम्बन्धी विवरणहरु सम्बन्धित उपचार तथा पुनस्र्थापन केन्द्रबाट प्राप्त गरी साप्ताहिक तथा मासिक रुपमा प्रतिवेदन तयार गरी राख्नु पर्नेछ ।